काठमाडौं- सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।
उनले संसद्मा प्रतिस्थापन विधेयक पेस गरिरहँदा एमाले सांसदहरुले भने नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।