काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या नेपालमा ७३५००६ पुगेको छ। कोरोना निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ।
मन्त्रालयका अनुसार सोही अबधिमा देशभर १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।