काठमाडौं- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ६९ जनाको पिसिआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३७ मध्ये विराटनगरमा ५८, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा चार, पाँचथरमा तीन, भोजपुरमा दुई र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो।
प्रदेशमा आजै १९८ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।