काठमाडौं- पछिल्लो २४ घन्टामा थप २ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागबाट पछिल्लो २४ घन्टामा थप २ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ३३ हजार १ सय ६१ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।