काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४३ कोरोना संक्रमणमुक्त भएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि १ हजार ७ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेकद्यो छ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ हजार ६०९ जनाको पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन गरि १५ हजार ९९७ जनाको परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८ सय ५८ जनाको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।