बैतडी- सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित ३४ जनामध्ये २७ जनामा पीसीआर र सात जनामा एन्टिजेन विधिमार्फत ्गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।
पीसीआर विधिमार्फत् गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।
सो अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।