काठमाडौं- गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २८ जनामा गरिएको नमूना परीक्षणमा ७४ महिला र ८३ जना पुरुषमा संक्रमण पुष्टि भएकाो हो।
प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्की १३०, बागलुङ १,स्याङ्जा १३, म्याग्दी ५, गोरखा १,लमजुङ १३, तनहुँमा ७ र नवलपरासी पूर्वमा १८ जनामा संक्रमण देखिएको हो।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८२ हजार ३३७ पुगेको छ।
गण्डकीमा कोरोना संक्रमणबाट हालसम्म १ हजार ३०६ जनाले ज्यान गुमाएका छन्।
यस्तै, प्रदेशमा हालसम्म ७८ हजार ३७९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६५२ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।