सांकेतिक तस्बिर
काठमाडौं- मनाङका ५७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले हालसम्म मनाङका ५७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन्।
उनका अनुसार मुस्ताङका ५६ र रसुवाका ४६ का प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। काठमाडौं उपत्यकाका भक्तपुरका ४१ र काठमाडौका ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।
प्रदेशतर्फ बागमतीका २९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्। प्रदेश १ मा १०, प्रदेश २ मा ७, गण्डकीमा १७, लुम्बिनीमा १६, कर्णालीमा १२ र सुदुरपश्चिममा १५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।
अरु सबै जिल्लामा ४० प्रतिशतभन्दा कम नागरिकले पूर्ण खोप लगाएको खड्काले जानकारी दिए। पूर्ण खोप लगाउनेमा मनाङ पहिलो र काठमाडौं पाँचौ नम्बरमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।