काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २८९ जना रहेका छन्। यसैगरी भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टाभित्र नेपालमा थप एक हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल नौ हजार ८७५ जनाको नमूना परीक्षण गर्दा एक हजार २६८ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार २४ र एन्टिजेन विधिबाट २४४ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ७५३ पीसीआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ।
गत २४ घण्टाभित्र नेपालमा थप नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।