काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल १४ हजार ३३४ जनाको नमूना परीक्षण गर्दा एक हजार ७५६ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३५७ र एन्टिजेन विधिबाट ३९९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल नौ हजार ७७३ पीसीआर र चार हजार ५६१ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६७ हजार २७१ पुगेको छ।
गत २४ घण्टाभित्र नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।