काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।