काठमाडौं– कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर जारी निषेधाज्ञा कारण बन्द रहेका काठमाडौं उपत्काका फिल्म हलहरु अब खोल्न पाइने भएको छ।
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठकले भदौ १७ गतेदेखि फिल्म हल खोल्न दिने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर फिल्म हल खोल्न दिने निर्णय भएको जानकारी दिए।
फिल्म हलसँगै अन्य सबै व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ पराजुलीले जानकारी दिए।
'फिल्म हलसहित सबै व्यवसाय सञ्चालन गर्न दिने भन्ने निर्णय भएको छ। तर, स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने हुन्छ।
प्रजिअ पराजुलीका अनुसार सेवा तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए/नभएकोबारे नियमित अनुगमन हुने बताए।
'सेवा तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन हुन्छ,' प्रजिअ पराजुलीले भने, 'मापदण्ड पालना नभएको पाइएमा तत्काल कारबाही हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।