काठमाडौं– काठमाडौं उपत्यकामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ५६४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा ४१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ललितपुर जिल्लामा थप ८७ र भक्तपुर जिल्लामा थप ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमित समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १४६ पुगेको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५ हजार ४९१ छ। यस्तै, ललितपुरमा २ हजार १९६ र भक्तपुरमा १ हजार ३५१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर भने १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ७८६ जना डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।