काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ८ जना कोरोना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न भागबाट पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ८ जना कोरोना संक्रमणमुक्त भएसँगै अहिलेसम्म नेपालमा ७ लाख १४ हजार ५ सय २० जना निको भएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९३.९ प्रतिशत निको हुने दर रहेको छ।
मन्त्रालयका अनुसार थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो।
११ हजार ८९२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ३९३ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।