काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाको सक्रिय संक्रमितको संख्या ९ हजार नजिक पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं जिल्लामा मात्रै ५ हजार २९८ संक्रिय संक्रमित रहेका छन्। यता, भक्तपुरमा १ हजार ३५१ र ललितपुरमा २ हजार २२५ जना सक्रिय संक्रमित छन्।
आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्।
हालसम्म काठमाडौं जिल्लामा २ हजार ८५ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यस्तै, भक्तपुरमा ४१३ र ललितपुरमा ६४० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।