• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'विपद्लाई सामना गर्ने पूर्वतयारी नहुँदा मिडिया सञ्‍चालक र पत्रकार मारमा'

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ११, २०७८  १८:११
1140x725

काठमाडौं- नेपालका सञ्‍चार गृहहरुमा विपद्लाई सामना गर्ने गरी पूर्वतयारी नभएको एक अध्ययनले देखाएको छ। कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी अध्ययनले यस्तो समस्या औंल्याएको हो।

सेन्टर फर मिडिया रिसर्च-नेपालले आज सार्वजनिक गरेको रिपोर्टले विपद्लाई सामना गर्ने पूर्वतयारी नहुँदा मिडिया सञ्‍चालक र पत्रकार मारमा परेको देखाएको छ। छापा माध्यमका सञ्‍चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ। 

कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ।

रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्‍चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिनापारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ। रिपोर्टअनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्‍चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमासमेत परेको थियो।

कोभिड-१९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ। आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ। संकटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्त्वपूर्ण पक्ष रहेको मिडिया सञ्‍चालकहरूको भनाइ छ।

मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो, टेलिभिजनको नवीकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत् सहयोग गरेको तर पत्रकारले त्यसभन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा संघ, प्रदेश र स्थानीय तहले विपद्‍मा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यावसायिक आमसञ्‍चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुनेगरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ।

यस्तै, आमसञ्‍चार माध्यमहरूले कुनै पनि बेला विपद् आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार  तथा कर्मचारीहरूलाई आवश्यक पूर्वतयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ। साथै पत्रकार र कर्मचारीलाई सहयोग  र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव पनि उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्‍चालक, पत्रकारसहित १४६ जनासँग अन्तर्वार्ता लिइएको थियो। 

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नु परेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताए।

प्रदेशगत अध्ययन २०७७ साल मंसिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्‍चार माध्यम, पत्रकार, पत्रकारका संघसंगठन लगायतले निर्वाह गर्नु भूमिकाबारे सुझाव दिइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड-१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताए। संकटका बेला पनि नेपाली पत्रकारिता क्षेत्रले जिम्मेवार रुपमा सूचना प्रवाह गरेकोमा प्रशंसा गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन तत्कालीन र दीर्घकालीन रणनीतिका साथ अघि बढ्नुपर्ने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेडरिक इवर्ट  स्टिफटुङ (एफईएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड-१९ का कारण मिडियाको चक्र र व्यावसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै संकटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्त्व हुने बताएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्