फाइल तस्वीर
काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ५० लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार (भदौ ११ गते)सम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन्।
यस्तै, कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ४० लाख ५२ हार ७६५ पुगेको मन्त्रालयले जानकारी दिए।
नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो। सरकारले आगामी चैत मसान्तसम्म उमेर समूहका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।
असोज मसान्तसम्म खोप लगाउन योग्य नागरिकमध्ये १ तिहाइलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।