काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरिएको १३ हजार १ सय १७ परीक्षणमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।