काठमाडौं– बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ। बेलायतले उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप बिहीबार नेपाल आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन्। बेलायतको सहयोगले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने उनको विश्वास छ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दै आएको बताइन्।
बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दै आएको बताउँदै राजदूत पोलिटले यो खोप बेलायतले कोभ्याक्ससुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको बताइन्।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलयत सरकारले नेपाली जनताका लागि कोभ्यास प्रणाली अतिरिक्त दुई पक्षीय सहायताअन्र्तगत खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।