काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा १ हजार ९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार निको हुने दर ९३. ५ रहेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।