काठमाडाैं– कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुतनिक भी खोप लगाउन स्वीकृति दिने देशको संख्या ७० पुगेको छ। हालै इन्डोनेसियाले यो खोपको आपतकालीन प्रयोगको अनुमति दिएसँगै यो खोप प्रयोग गर्ने देशको संख्या ७० पुगेको हो।
यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको जकार्ताका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएको छ।
यसअघि इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप प्रयोग हुँदै आएका थिए।
कोरोनाभाइरसबाट धेरै प्रभावितको सूचीमा इन्डोनेसिया अहिले १३औं क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाखभन्दा बढी मानिस कोरोनाभाइरस संक्रमित भएका छन् भने एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।