काठमाडौं– काठमाडौं उपत्यकामा थप ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७४५ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५१५ जना संक्रमित थपिएका छन्। यस्तै, भक्तपुरमा १४२ र ललितपुर जिल्लामा ८८ जना संक्रमित थपिएका छन्।
बुधबार थपिएका ७४५ समेत गरी काठमाडौं उपत्यकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ४८६ पुगेको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ७ हजार ७९२ जना छन्। यस्तै, ललितपुरमा २ हजार २१६ र भक्तपुर जिल्लामा १ हजार ४७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा देशभर भने २ हजार ४८२ जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।