काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार ७ सय ८१ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय ८१ जना निको भएका हुन्।
मन्त्रालयका अनुसार अिहलेसम्म ७०३९६४ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९३.५ रहेको मन्त्रालयले जनाएको छ।
थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो।
देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७११ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार ८६२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।