काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमण भइ निको हुनेको संख्या सात लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या सात लाख ९७ पुगेको हो।
गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।