काठमाडौं- नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी आठ हजार ७०४ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा एक हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी दुई हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।