• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
हामीले माधव नेपाललाई छोडेका होइनौं, उहाँले हामीलाई छोड्नुभयो : रघुजी पन्त [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  १८:१०
1140x725
फाइल तस्बिर।

नेकपा (एमाले) विभाजित भई माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सो पक्षमा लाग्ने नेताहरुलाई सनाखतका लागि आयोगले बुधबार बोलाएको छ। त्यसको दुई दिनअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै नेपालाई छोडेका नेताहरुलाई आश्वस्त पारेका छन्। सोमबारकै भेटमा भएको सहमति अनुसार मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ।

पार्टी अन्तरसंघर्षमा नेपाललाई लामो समयदेखि साथ दिएका नेताहरु ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न सहमत भएपछि नेपाललाई छोड्ने भएका छन्। नेपाललाई छोडेर एमालेमै रहन तयार भएका स्थायी कमिटी सदस्यमध्येका एक रघुजी पन्तसँग १० बुँदे कार्यान्वयन लगायतका विषयमा नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

तपाईंहरु माधवकुमार नेपाल बाहेकको एमाले बनाउन तयार हुनुभएको हो? 
होइन। मैले आज अध्यक्षज्यूलाई विशेष आग्रह गरेको थिएँ। तपाईंले माधव कमरेडलाई भेट्नुस्।  उहाँसहितका १४ जनालाई कारबाही फिर्ता लिएर वक्तव्य जारी गर्नुस्। हामीले उहाँ (माधव नेपाल)को पार्टी दर्ता प्रक्रिया रोक्न जान्छौँ। यसो गर्‍यो भने अझै पार्टी एकताको सम्भावना छ। यदि पार्टी फुट्यो भने अध्यक्षको हैसियतले सबैभन्दा धेरै दोष तपाईंले बोक्नुपर्छ। पार्टी मिल्यो भने श्रेय पनि तपाईंले पाउनुहुन्छ। त्यसैले आजै एकताको आह्वान गरौं भनेर भनेको थिएँ। हामी स्थायी कमिटीका नौ जना गएका थियौँ। अरु साथीहरुले पनि यही कुरा भन्नुभयो। तर, उहाँले भोलि स्थायी कमिटी बैठक बोलाउनुभएको छ। त्यही बैठकबाट गरौंला भन्नुभएको छ।

उहाँले १० बुँदे कार्यान्वयन गर्छु भन्नुभएको छ। त्यो लागू गर्ने वा नगर्ने भोलिको बैठकबाट सुरुवात हुने छ। स्थायी कमिटीमा प्रस्तावहरु कसरी आउँछन्। कसरी प्रस्तुत हुन्छन्? कतिपय कुराहरु व्यवहारमै हेर्नुपर्ने छ। परिस्थिति कसरी विकास हुन्छ हेर्नुपर्ने छ।

मेरो जोड अहिले पनि एमाले एकता नै हो। माधव नेपाल बिनाको एकता अधुरो हुन्छ। त्यसैले उहाँलाई अर्को पार्टी बनाउने प्रक्रियाबाट रोक्नुपर्छ। केपी कमरेडले कारबाही गर्नुभएकाले सबैभन्दा पहिले उहाँले नै त्यसलाई फिर्ता लिनुपर्छ। र, त्यसपछि माधव कमरेडले पार्टी दर्ताको प्रक्रियाबाट रोक्नुहुन्छ।

तपाईंहरुले पार्टीमा माधव नेपाललाई उचाल्नुभयो उचाल्नुभयो तर अन्तिममा छोडेर केपी ओलीतिर लाग्नुभयो भयो है?
एउटा कुरा प्रष्टसँग भन्छु। रघुजी पन्तले माधव नेपाललाई पार्टी विभाजन गर्नुपर्छ भनेर उचालेको छैन। पार्टी फुट्नुपर्छ, सांसदबाट राजीनामा गर्नुपर्छ भन्ने विषय स्थायी कमिटी बैठकमा आउँदा मैले त्यसको प्रतिवाद गर्थें। त्यो गर्ने बेला भएको छैन भनेरै वकालत गर्थें। पार्टी विभाजन र संसद्बाट राजीनामा गर्ने होइन, पार्टीमा बस्नै नसक्ने स्थिति भएमा त्यो बाध्यात्मक स्थिति हो भन्ने विषयमा मेरो सुरुदेखिको अडान थियो। मैले पार्टी विभाजनको कहिल्यै वकालत गरिनँ।

तपाईंले सार्वजनिक रुपमा पार्टी फुट्नुपर्छ भनेर बोलेको देखाउन सक्नुहुन्छ? मैले माधव कमरेडलाई एक्लै भेटेर हातै जोडेर पार्टी विभाजन नगर्नुस् भनेको थिएँ। त्यसमा केपी ओलीले पनि त्यस्तै खालको शब्दावली प्रयोग गर्नुभयो।

कुनै बेला नेताले आँट पनि गर्नुपर्छ, कतिपय विषयमा भनेको सहनु पनि पर्छ। पार्टी विभाजनको पक्षमा नलागौं भनेर पटकपटक मैले आग्रह गरेको थिएँ। स्थायी कमिटीका धेरै नेताहरुले भन्दाभन्दै पनि उहाँले सुन्नुभएन। एउटा कुरा प्रष्टसँग भन्छु- रघुजी पन्तले माधव नेपाल छोडेको होइन। बरु माधव नेपालले रघुजी पन्त र उहाँलाई साथ दिँदै आएका साथीहरुलाई छोड्नुभयो। छोडेर 'जम्प' गर्नुभयो। किन गर्नुभयो, त्यो उहाँलाई नै सोध्नुहोस्।

Ncell 2
Ncell 2

माधव नेपाल नेतृत्वको पार्टी केन्द्रीय सदस्यको सनाखत गर्न निर्वाचन आयोगले बुधबार बोलाएको छ। आज भएको भनिएको सहमति त्यसलाई रोक्न ओलीको चालबाजी हो भन्ने लागेको छैन?
कसको मनमा के छ, कसको के चालबाजी छ भन्नेतिर शंका गर्न लागेको छैनौं। हामीले उठाएको विषयलाई इमान्दारितापूर्वक पालना गर्नुपर्छ। यो पार्टी अध्यक्षले कारबाही फिर्ता गरेर एकताको आह्वान गर्नुभयो भने दर्ता भएको पार्टीलाई रोक्न पनि सकिन्छ। अध्यक्षले मनबाट एकता चाहेको हो वा होइन भन्ने कुरा मुख्य हो। यदि मनदेखि नै एकता चाहेको हो भने पार्टी एकताका सम्भावनाहरु छन्। माधव नेपालले नयाँ पार्टी बनाइहाल्ने भन्ने कुरा छोड्नुपर्ने हुन्छ। दुवैले आ–आफ्नो हठबाट पछाडि नहट्दा गाह्रो हुन्छ।

एकताका लागि पहल गर्ने फेरि पनि पार्टी अध्यक्षले नै हो। पार्टी दर्ता गर्नुभन्दा अघि नै कारबाही गर्न त पाइँदैन। कसैले गल्ती नै नगरेपछि त्यो गल्तीको सजाय दिन मिल्दैन। तपाईं (केपी ओली)ले कारबाही गर्नुभयो, त्यसपछि उहाँ(माधव नेपाल) पार्टी दर्ता गर्न जानुभयो भनेर रिसाउनु हुँदैन।

माधव नेपाल पक्षमा तपाईंहरुलाई सनाखत गर्नबाट रोकेर केपी ओलीले पुरानै व्यवहार दोहोर्‍याए र १० बुँदे कार्यान्वयन गरेनन् भने त्यसपछि के गर्ने भन्ने विषयमा तपाईंहरुले सोच्नुभएको छ?
अहिले त्यसरी सोचिएकै छैन। १० बुँदे सहमतिका विषय हामीहरुले एकतर्फी रुपमा बनाएका होइनौं। उहाँ (केपी ओली) ले १० बुँदे कार्यान्वयन गर्छु भनेर सार्वजनिक रुपमा भन्नुभएको छ। हामीले एकताका लागि प्रयत्न गर्ने हो। पार्टी फुटाउनका लागि नेताहरु जुनसुकै बेला स्वतन्त्र हुन्छन्। पार्टीमा बस्न मन लागेन भने निस्केर जान स्वतन्त्र हुन्छन्। एउटा दल मन परेन भने अर्को दलमा जान सक्ने नागरिकको अधिकार हो। त्यसमा कसैले कसैलाई रोक्न सकिन्छ र?

तर, केपी ओलीले पटकपटक सहमति गर्ने र त्यसलाई उल्लघंन गर्ने शैलीबारे त तपाईंहरु जानकार हुनुहुन्छ नि?
त्यो आरोप उहाँमाथि चौतर्फी रुपमा लागेको छ। आरोपलाई आफ्नो व्यवहारबाट इमान्दारितापूर्वक खण्डन गर्ने जिम्मेवारी पार्टी अध्यक्षकै हो।

shivam cement

shivam cement

अध्यक्ष केपी ओलीले आफू निकटका नेताहरुसँगको भेटमा तपाईंहरुलाई नै लक्षित गर्दै 'पिलो निचोरियो, खिल बाँकी रहने भयो' भनेर व्यंग्य गर्नुभएछ नि?
खै हामीलाई भन्या हो कि कसलाई भन्या हो थाहा छैन। सार्वजनिक रुपमा बोल्दा हाम्रो पनि गल्ती हुन्छन्। भाषणपिच्छे अरुलाई घोच्ने कुराले गतिलो नेता हुन सकिँदैन।

भोलिको स्थायी कमिटीमा पूर्वमाओवादी नेताहरु सहभागी हुन्छन् कि हुँदैनन्?
जेठ २ गतेको एमालेको बैठक बोलाउन भनिएको हो। त्यो बैठकमा केके हुन्छ ग्यारेन्टी गर्न सक्दिनँ। हुनुपर्ने पूर्वमाओवादी बाहेकका एमाले स्थायी कमिटी बैठक हो।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित शनिबार, जेठ ३, २०८२
प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्