• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हामीले माधव नेपाललाई छोडेका होइनौं, उहाँले हामीलाई छोड्नुभयो : रघुजी पन्त [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  १८:१०
1140x725
फाइल तस्बिर।

नेकपा (एमाले) विभाजित भई माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सो पक्षमा लाग्ने नेताहरुलाई सनाखतका लागि आयोगले बुधबार बोलाएको छ। त्यसको दुई दिनअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै नेपालाई छोडेका नेताहरुलाई आश्वस्त पारेका छन्। सोमबारकै भेटमा भएको सहमति अनुसार मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ।

पार्टी अन्तरसंघर्षमा नेपाललाई लामो समयदेखि साथ दिएका नेताहरु ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न सहमत भएपछि नेपाललाई छोड्ने भएका छन्। नेपाललाई छोडेर एमालेमै रहन तयार भएका स्थायी कमिटी सदस्यमध्येका एक रघुजी पन्तसँग १० बुँदे कार्यान्वयन लगायतका विषयमा नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

तपाईंहरु माधवकुमार नेपाल बाहेकको एमाले बनाउन तयार हुनुभएको हो? 
होइन। मैले आज अध्यक्षज्यूलाई विशेष आग्रह गरेको थिएँ। तपाईंले माधव कमरेडलाई भेट्नुस्।  उहाँसहितका १४ जनालाई कारबाही फिर्ता लिएर वक्तव्य जारी गर्नुस्। हामीले उहाँ (माधव नेपाल)को पार्टी दर्ता प्रक्रिया रोक्न जान्छौँ। यसो गर्‍यो भने अझै पार्टी एकताको सम्भावना छ। यदि पार्टी फुट्यो भने अध्यक्षको हैसियतले सबैभन्दा धेरै दोष तपाईंले बोक्नुपर्छ। पार्टी मिल्यो भने श्रेय पनि तपाईंले पाउनुहुन्छ। त्यसैले आजै एकताको आह्वान गरौं भनेर भनेको थिएँ। हामी स्थायी कमिटीका नौ जना गएका थियौँ। अरु साथीहरुले पनि यही कुरा भन्नुभयो। तर, उहाँले भोलि स्थायी कमिटी बैठक बोलाउनुभएको छ। त्यही बैठकबाट गरौंला भन्नुभएको छ।

उहाँले १० बुँदे कार्यान्वयन गर्छु भन्नुभएको छ। त्यो लागू गर्ने वा नगर्ने भोलिको बैठकबाट सुरुवात हुने छ। स्थायी कमिटीमा प्रस्तावहरु कसरी आउँछन्। कसरी प्रस्तुत हुन्छन्? कतिपय कुराहरु व्यवहारमै हेर्नुपर्ने छ। परिस्थिति कसरी विकास हुन्छ हेर्नुपर्ने छ।

मेरो जोड अहिले पनि एमाले एकता नै हो। माधव नेपाल बिनाको एकता अधुरो हुन्छ। त्यसैले उहाँलाई अर्को पार्टी बनाउने प्रक्रियाबाट रोक्नुपर्छ। केपी कमरेडले कारबाही गर्नुभएकाले सबैभन्दा पहिले उहाँले नै त्यसलाई फिर्ता लिनुपर्छ। र, त्यसपछि माधव कमरेडले पार्टी दर्ताको प्रक्रियाबाट रोक्नुहुन्छ।

तपाईंहरुले पार्टीमा माधव नेपाललाई उचाल्नुभयो उचाल्नुभयो तर अन्तिममा छोडेर केपी ओलीतिर लाग्नुभयो भयो है?
एउटा कुरा प्रष्टसँग भन्छु। रघुजी पन्तले माधव नेपाललाई पार्टी विभाजन गर्नुपर्छ भनेर उचालेको छैन। पार्टी फुट्नुपर्छ, सांसदबाट राजीनामा गर्नुपर्छ भन्ने विषय स्थायी कमिटी बैठकमा आउँदा मैले त्यसको प्रतिवाद गर्थें। त्यो गर्ने बेला भएको छैन भनेरै वकालत गर्थें। पार्टी विभाजन र संसद्बाट राजीनामा गर्ने होइन, पार्टीमा बस्नै नसक्ने स्थिति भएमा त्यो बाध्यात्मक स्थिति हो भन्ने विषयमा मेरो सुरुदेखिको अडान थियो। मैले पार्टी विभाजनको कहिल्यै वकालत गरिनँ।

तपाईंले सार्वजनिक रुपमा पार्टी फुट्नुपर्छ भनेर बोलेको देखाउन सक्नुहुन्छ? मैले माधव कमरेडलाई एक्लै भेटेर हातै जोडेर पार्टी विभाजन नगर्नुस् भनेको थिएँ। त्यसमा केपी ओलीले पनि त्यस्तै खालको शब्दावली प्रयोग गर्नुभयो।

कुनै बेला नेताले आँट पनि गर्नुपर्छ, कतिपय विषयमा भनेको सहनु पनि पर्छ। पार्टी विभाजनको पक्षमा नलागौं भनेर पटकपटक मैले आग्रह गरेको थिएँ। स्थायी कमिटीका धेरै नेताहरुले भन्दाभन्दै पनि उहाँले सुन्नुभएन। एउटा कुरा प्रष्टसँग भन्छु- रघुजी पन्तले माधव नेपाल छोडेको होइन। बरु माधव नेपालले रघुजी पन्त र उहाँलाई साथ दिँदै आएका साथीहरुलाई छोड्नुभयो। छोडेर 'जम्प' गर्नुभयो। किन गर्नुभयो, त्यो उहाँलाई नै सोध्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

माधव नेपाल नेतृत्वको पार्टी केन्द्रीय सदस्यको सनाखत गर्न निर्वाचन आयोगले बुधबार बोलाएको छ। आज भएको भनिएको सहमति त्यसलाई रोक्न ओलीको चालबाजी हो भन्ने लागेको छैन?
कसको मनमा के छ, कसको के चालबाजी छ भन्नेतिर शंका गर्न लागेको छैनौं। हामीले उठाएको विषयलाई इमान्दारितापूर्वक पालना गर्नुपर्छ। यो पार्टी अध्यक्षले कारबाही फिर्ता गरेर एकताको आह्वान गर्नुभयो भने दर्ता भएको पार्टीलाई रोक्न पनि सकिन्छ। अध्यक्षले मनबाट एकता चाहेको हो वा होइन भन्ने कुरा मुख्य हो। यदि मनदेखि नै एकता चाहेको हो भने पार्टी एकताका सम्भावनाहरु छन्। माधव नेपालले नयाँ पार्टी बनाइहाल्ने भन्ने कुरा छोड्नुपर्ने हुन्छ। दुवैले आ–आफ्नो हठबाट पछाडि नहट्दा गाह्रो हुन्छ।

एकताका लागि पहल गर्ने फेरि पनि पार्टी अध्यक्षले नै हो। पार्टी दर्ता गर्नुभन्दा अघि नै कारबाही गर्न त पाइँदैन। कसैले गल्ती नै नगरेपछि त्यो गल्तीको सजाय दिन मिल्दैन। तपाईं (केपी ओली)ले कारबाही गर्नुभयो, त्यसपछि उहाँ(माधव नेपाल) पार्टी दर्ता गर्न जानुभयो भनेर रिसाउनु हुँदैन।

माधव नेपाल पक्षमा तपाईंहरुलाई सनाखत गर्नबाट रोकेर केपी ओलीले पुरानै व्यवहार दोहोर्‍याए र १० बुँदे कार्यान्वयन गरेनन् भने त्यसपछि के गर्ने भन्ने विषयमा तपाईंहरुले सोच्नुभएको छ?
अहिले त्यसरी सोचिएकै छैन। १० बुँदे सहमतिका विषय हामीहरुले एकतर्फी रुपमा बनाएका होइनौं। उहाँ (केपी ओली) ले १० बुँदे कार्यान्वयन गर्छु भनेर सार्वजनिक रुपमा भन्नुभएको छ। हामीले एकताका लागि प्रयत्न गर्ने हो। पार्टी फुटाउनका लागि नेताहरु जुनसुकै बेला स्वतन्त्र हुन्छन्। पार्टीमा बस्न मन लागेन भने निस्केर जान स्वतन्त्र हुन्छन्। एउटा दल मन परेन भने अर्को दलमा जान सक्ने नागरिकको अधिकार हो। त्यसमा कसैले कसैलाई रोक्न सकिन्छ र?

तर, केपी ओलीले पटकपटक सहमति गर्ने र त्यसलाई उल्लघंन गर्ने शैलीबारे त तपाईंहरु जानकार हुनुहुन्छ नि?
त्यो आरोप उहाँमाथि चौतर्फी रुपमा लागेको छ। आरोपलाई आफ्नो व्यवहारबाट इमान्दारितापूर्वक खण्डन गर्ने जिम्मेवारी पार्टी अध्यक्षकै हो।

Xtrem

Xtrem

अध्यक्ष केपी ओलीले आफू निकटका नेताहरुसँगको भेटमा तपाईंहरुलाई नै लक्षित गर्दै 'पिलो निचोरियो, खिल बाँकी रहने भयो' भनेर व्यंग्य गर्नुभएछ नि?
खै हामीलाई भन्या हो कि कसलाई भन्या हो थाहा छैन। सार्वजनिक रुपमा बोल्दा हाम्रो पनि गल्ती हुन्छन्। भाषणपिच्छे अरुलाई घोच्ने कुराले गतिलो नेता हुन सकिँदैन।

भोलिको स्थायी कमिटीमा पूर्वमाओवादी नेताहरु सहभागी हुन्छन् कि हुँदैनन्?
जेठ २ गतेको एमालेको बैठक बोलाउन भनिएको हो। त्यो बैठकमा केके हुन्छ ग्यारेन्टी गर्न सक्दिनँ। हुनुपर्ने पूर्वमाओवादी बाहेकका एमाले स्थायी कमिटी बैठक हो।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्