काठमाडौं- विश्वमा एकै दिन पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्।
यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा ८६ हजार ७०७ जना रहेका छन्। त्यहाँ उक्त अवधिमा ५०० जना संक्रमितको मृत्यु भएको छ।
यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा बेलायत रहेको छ। त्यहाँ गत २४ घण्टाको अवधिमा ३२ हजार ५८ जना संक्रमित थपिएका छन्। साथै, १०४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ।
सोही अवधिमा भारतमा ३१ हजार ४३ जना संक्रमित थपिएका छन् भने ४०१ जनाको मृत्यु भएको छ।
यसैगरी ब्राजिलमा २८ हजार ३८८, जापानमा २५ हजार ८७७, इरानमा २४ हजार १७९, फ्रान्समा २२ हजार ६३६, मलेसियामा २२ हजार २६२, मेक्सिकोमा २१ हजार ८७९, रसियामा २१ हजार तथा थाइल्याण्डमा २० हजार ५७१ कोरोना संक्रमित थपिएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।