काठमाडौं- पछिल्लो २४ घन्टाभित्र नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
तीमध्ये एक हजार ४२४ जना पीसीआर र ६५१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्। गत २४ घन्टामा सात हजार ७०३ पीसीआर र पाँच हजार ३७२ जनाको एन्टिजेन परीक्षण भएका थिए।
उक्त अवधिमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।