काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७ हजार ६ सय ५४ नमूना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै २६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
२ हजार २ सय ४४ जना सो अवधिमा कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।