• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हात्ती दुब्लाएर बाख्रो हुँदैन, कोही चोइटिएर जाँदैमा एमाले सिद्धिदैन : केपी शर्मा ओली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  १७:५५
1140x725

लामो समयको अन्तरसंघर्षपछि नेकपा (एमाले) अन्ततः विभाजित भएको छ। बुधबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले औपचारिक रुपमा विभाजित भयो। यसअघि नेपाललाई साथ दिँदै आएका स्थायी कमिटीका बहुमत सदस्यले विभाजनमा साथ दिएनन्। उनीहरु अहिले केपी शर्मा ओली नेतृत्वको एमालेमा पनि सामेल भएका छैनन्। यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने ओलीले सुनिश्चित गरे एकता प्रक्रियामा सहभागी हुने उनीहरुको मनस्थिति छ।

अध्यक्ष ओलीको दम्भ र अहंकारले गर्दा अर्को पार्टी बनाउनुपरेको नेपाल पक्षको दाबी छ। तर, ओलीले भने यसको प्रतिवाद गरेका छन्। उनले कोही चोइटिएर जाँदैमा एमाले नसिद्धिने दाबी गरेका छन्। एमाले विभाजन र समसामयिक राजनीतिक विषयमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानी :

अहिले एमाले विभाजन भएको हो कि टुक्रिएको हो ? माधव नेपाल समूह बाहिर जाँदा तपाईंहरूलाई ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो’ भन्ने लागेको हो?
यो विभाजन होइन। टुक्रिएको हो। एमाले चोइटिएको हो। केही मानिस पार्टीबाट अलग भएको हो। पार्टी एक बनाउन यसबीचमा मैले कोसिस नै गरेन भन्ने आरोप लाग्ने गरेको छ। त्यो गलत हो।  मैले  कम्युनिस्ट एकीकरण नै २०३१ सालमा सुरु गरेको थिएँ। २०३१ सालमा कोर्डिनेशन केन्द्र हुँदै एकता भएर नेकपा माले २०३७ सालमा बनेको थियो। त्यसपछि यो क्रम मेरै नेतृत्वमा निरन्तर रहँदै आएको र मेरै नेतृत्वमा एकता हुँदै आएको थियो। माओवादी पार्टीलाई पनि मैले मेरै नेतृत्वमा एकीकृत गराएको थिएँ। झण्डै दुई तिहाइ भएको थियो। यसरी सुरुदेखि नै एकताको काम गरेको मानिस भएकाले अहिले कोसिस गरेन भन्नु पूर्वाग्रही आरोप हो।

अकारण र पार्टीभित्र नचाहिँदो अस्थिरता सुरु गरेका कारण केही साथीहरु चोइटिनु भएको हो। मैले  पार्टीभित्रबाटै सरकारको कूप्रचार हुदाँसम्म सहेर एकताको प्रयास गरेको थिएँ। आफ्नो सरकार ढाल्न मत दिन नआउने र संसद् जोगाउँदा भन्दा विश्वासको मत नदिने हुँदा समेत प्रयास भएको थियो। राष्ट्रपतिकहाँ हस्ताक्षर लगेर गन्तव्यहीन सरकार बनाएर अस्थिर सरकार बनाइँदा पनि मैले सहेको थिएँ। मुद्दा हालेर एमालेको सरकार गिराएर अदालतबाटै परमादेश जारी गरेर नेपाली कांग्रेसको सरकार बनाउँदा पनि कार्यदल बनाएर भेटेर फोन गरेर प्रयास मैले गरेको हो। म कोही पनि मानिसले बाटो नविराओस् भन्ने चाहेको चाहन्थेँ। सत्यको मार्ग म त अवलम्बन गर्छु र अरुले पनि गरोस् भन्ने चाहन्छु। त्यसैले यो आरोप अनुचित हो। 

भन्ने एकथोक गर्ने अर्को थोक भनेर तपाईंमाथि आरोप लगाउने गरिएको छ।  तपाईंको दम्भका कारण पार्टी विभाजन भयो भनिन्छ नि? 
मसँग तपाईंले दम्भ देख्नु भयो? माधव नेपालले त अर्घेल्याइँ गर्ने हो, गर्नु भएको छ। मैले विपक्षीसँग मिलेर पार्टीलाई घात गरेको छु र? माधव नेपालले विपक्षीसँग मिलेर घात गरेको त खाली आँखाले देखेका छौं नि। यति हुदाँ हुँदै अरु भन्न पर्छ र? मैले पार्टी चलाउन दम्भ देखाएको हुने अनि आफ्नै पार्टीको सरकारविरुद्ध षडयन्त्र गर्ने राम्रो हुने त पक्कै होइन। 

पार्टी अध्यक्ष हुनुको नाताले अपसजसको भारी त बोक्नु पर्ला नि? 
राजनीतिमा पक्ष विपक्ष भन्ने हुन्छ। भारतमा महात्मा गान्धीलाई गोली हानियो। सुकारातलाई विष खुवाइयो। मार्टिन लुथरकिङलाई के गरियो भन्ने हेर्नुपर्छ। विपक्षीले आरोप र झुटो लाञ्छना लागाउने गर्छन्। महाभारतमा भीमसेनले सजिलै दुर्योधनलाई जित्थे भने यहाँ हान भनेर कृष्णले इशारा गर्न जरुरी थिएन होला। कमजोरले यस्ता झेल खेल्ने हो। सहजै जित्नेले यसो गर्दैन। निष्ठाको राजनीति गर्नेले यस्तो खेल्दैन बरु हार्छ। निष्ठासँग खेल्नेले अन्ततः जित्छ।  माधव नेपाललाई मैले पटक पटक भेटौं भनेँ तर, भेट्न मान्नु भएन। २ वर्ष भयो उहाँले फोन गर्नु भएको छैन। मैले नै गरेको छु। मैले प्रधानमन्त्री भएर पनि उहाँले भनेको ठाउँमा गएर भेटेको छु। हामी एउटा धुव्रका दुई चुम्बक झैं भएका छौं। माधव नेपाललाई त्यहाँबाट चुडाउने बलियो शक्ति लागेका कारण उहाँ छुट्टिनु भएको होला। 

विभाजनको मुख्य कुरा पार्टीको अन्तरकलहले हो कि अरु नै कारण छन्? 
यो दुईथरीबाट सुरु भएको पार्टी कलह होइन। माधव नेपालको मात्र चाहना हो। हामीले कहिँकतै केही गरेका छैनौं। ममाथि बोली कडा भन्ने आरोप होला। पार्टीका विरुद्ध प्रहार भएपछि बोल्न पर्ने भयो बोले। देशलाई अस्थिरतामा जाने र विकासमा लाग्नुपर्नेमा अन्यत्र लाग्नुपर्ने भएपछि गाली निस्कन्छ। यो स्वभाविक हो। अहिले बजेटको काम रोकिएको छ।  पुँजीगत खर्च सुरुदेखि नै होस् भन्ने हामीले चाहेका थियौं। मंसिरबाट सुरु भएर साउन पुग्दा फ्रिज हुने अवस्था अन्त्य गर्ने हाम्रो चाहना थियो। अहिले कर्मचारीलाई तलब दिने बाहेक अरु काम हुने अवस्था छैन।

अहिले सरकार अरुको पार्टी भत्काउन र विगार्ने काममा मात्र लागेको छ। अहिले विरोध गर्नै हुँदैन। हिजो विद्यार्थीमाथि कसरी प्रहार गरिएको छ? ती विद्यार्थी हाम्रा भाइबहिनी हैनन र? म प्रधानमन्त्री हुँदा कहिल्यै यसरी प्रहार गरेको थिएन। विरोध प्रदर्शन गर्नै हुँदैन। दमन र प्रहार हुने कार्य सुरु हुन्छ। सरकारले मैले ल्याएको भ्यासिक्न लगाउने हैन? विकास निर्माण गर्नेतर्फ होइन सरकार देशलाई भिडन्ततिर अघि बढाउन अग्रसर रहेको छ। देशमा नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक पार्टीले सरकार चलाएको छ तर, देश प्रचण्डपथमा अघि बढेको छ। यो जनविरोधी कार्य भयो नर्गनुस् भन्दा मिडियामा चर्को बोलेको भन्दिनु हुन्छ। मैले यथार्थ बोलेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले देखिएको राजनीतिक असन्तुलन अबको निर्वाचनमा देखिने निश्चित छ। एमालेको संस्थापन पक्षको क्षयीकरण हुन्छ कि हुँदैन? 
राजनीतिमा कुनै पनि कुरा पूर्वनिर्धारित हुँदैन। कसले कुन समयमा कस्तो गर्छ भन्ने हो। २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाई मत पाएको थियो। २०४८ र २०५६मा पनि बहुमत ल्याएको हो। तर, अहिले समानुपातिकले निर्वाचनका कारण दलहरूले सहजै बहुमत ल्याउन अप्ठारो छ। एमालेको तीन वर्षसम्म बहुमतको सरकार तरिका मिलाएर मात्र बनेको हो। बहुमत साधारणतया कसैको पनि  आउँदैन।

अस्थिर प्रणाली अलि अलि थोपरियो अलि अलि संविधान बनाउन स्वीकार गरिएको हो। विरोधीहरू काम गर्न सक्दैन। अहिलेसम्म भएको यही हो। अहिलेसम्म एमालेको कमजोरी देखाउन सक्दैन। आफू यो गर्ने भनेर भिजन देखाउन सक्दैन। हामीले समृद्ध नेपाली सुखी नेपाली भनेर राष्ट्रिय गन्तव्य देखाएर अघि बढेका थियौं। तर, त्यति भन्ने पनि कसैको हिम्मत छैन। बोल्न सक्दैन। राजनीतिक छैटीमा लेखेको हुँदैन गरिने हो। बनाउने हो। यसपटक एमाले विभाजन गरियो। यसअघि पहिला नेकपामा संकट खडा गरिएको थियो। यसमा राजनीतिक विचारहीन र उद्देश्यहीन तथाकथित गठबन्धन निर्माण भएको छ। अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रममा केही छ? त्यसमा छलछाम र जालझेलमात्र छ।

एमाले सत्ताबाट बाहिर गयो अब कमजोर हुन्छ भने सोच राख्न जरुरी छैन। हात्ती दुब्लाउने सीमा हुन्छ। वजन घट्ला, कति घट्ला त्यसको निश्चित सीमा हुन्छ। तर, हात्ती दुब्लाएर बाख्रो हुँदैन। हात्ती हात्ती नै हुन्छ, बाख्रो बाख्रो नै हुन्छ। विचार शून्यताका कारणले र अरु थुप्रै कारणले उनीहरूले हैसियत के बनाएका छन् त्यो हेर्नु जरुरी छ। 

एमाले विभाजनको असर प्रदेशमा र स्थानीय तहमा पनि पर्ला नि?
प्रदेशमा असर पहिल्यै परेको छ। बाँकी दुईवटामा परेर केही हुँदैन। एमाले त्यसै नै बहुमतमा छ। माधव नेपालको के कुरा गर्नु, पहिला पार्टी नेतृत्व गर्दा २४० मा रहेको पार्टीलाई ३३ सिटमा झारेर राजीनामा गरेको होइन? नेपालले प्रधानमन्त्री हुँदा पार्टीलाई अलोकप्रिय बनाउनुजत्ति सबै बनाएर राजीनामा दिएको हो नि। अहिले पनि सरकारका नहुँदा अन्तर्घात गरेर विपक्षीसँग मिलेर पार्टी सिध्याउने कुरा गर्नु भएको हो।  यो च्याप्टर त क्लोज भयो नि। एमाले अब कमजोर हुँदैन। 

अर्काको सरकार हुँदा निर्वाचनमा कमजोर भइन्छ भनेर सरकारमै बस्न खोज्नु भएको हो? एमाले सत्ताबाट बाहिरिँदा निर्वाचनमा कस्तो असर पर्ने आकलन गर्नु भएको छ? 
विरोधीसँग मिलेर अन्तर्घात गर्दा केही समय असर पर्छ। एकाध ठाउँमा इट्टा खुस्काउन सकिन्छ। त्यो टाल्दा हुन्छ। यो सबै ध्वस्त भएको होइन। अहिले पनि एमाले प्रमुख पार्टी हो नि। संसदमा १०० सिट भन्दा बढी अहिले छ नि। अरुसँग ६० वा ४८ होला। अहिलेको स्थिति यही हो। त्यसैले नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो। काठमाडौंको सडक र मेलम्चीको पानी हामीले ल्याएको हो। बाढी आएर मात्रै हो। हामी बाढीपनि नियन्त्रण गरेर पानी ल्याउने थियौं। तर, अहिलेको सरकार विरोधीहरूलाई धम्काउदा धम्काउदै बितेको छ। अरु बाँकी समय पनि यसैगरी बिताउने हो। मैले त खुट्टा तान्दा तान्दै गर्दा पनि काम गरेको थिए। नेपाली कांग्रेस शक्ति सञ्चय गरेर आएको त हैन संसदको अंकगणति मिलाएर आएको हो त्यसैले विकासको काम गर्ने आस गर्न सकिदैन। मैदानमा एकल एमाले छ त। अरुले खुट्टा तानेको हो। यो बाटो बनाउँछु, सुरुङ बनाउँछ र पानी थुनेर तराई सिचाइइँ गर्छु भन्न सक्ने एमालेमात्र हो अरु त छैनन नि। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेभित्र रहेको खिल निकालेको भन्न मिल्छ कि मिल्दैन? 
जे भएपनि उहाँले (शेरबहादुर देउवा)ले संवैधानिक काम गर्नु भएन। आज राति १२ बजे संसद्को अधिवेशन बलजफ्ती अन्त्य गरिन्छ। भोलि बिहान उज्यालो नहुँदै  छापामार शैलीमा अध्यादेशको सिफारिस हुन्छ। षडयन्त्रपूर्वक एमालेलाई विभाजन हुन कति चाहिन्छ राखेर गरिन्छ। ३५ देखि २० प्रतिशतसम्म चर्चा गरेर र हिसाव गरिगरि अध्यादेश ल्याइयो। गलत र बदनियतका साथ ल्याइयो। कानुन यसरी ल्याइन्छ? ल्याउने नै हो भने संसदमा ल्याउने हो। संसद् छलेको भनेको यो हो। राति १२ बजे अन्त्य गर्ने अनि बिहानै अध्यादेश सिफारिस गर्ने? अध्यादेशको व्यहोरा पहिल्यै नै गरिएको थियो। कार्यालय समय सुरु नै नगरि अध्यादेश ल्याउने काम भयो।

प्रष्ट देखिन्छ बदनियत र अराजनीतिक र प्रतिस्पर्धीको क्षमता नभएको कुटिल काम, विपक्षीलाई समाप्त पार्ने काम भएको छ। भर्खर सर्वोच्चले अत्यावश्यक र जरुरी नपरी अध्यादेश नल्याउन भनेको थियो। माधव नेपाललाई नभई देश र जनताको हित जोडिनुपर्ने भनेको छ। यसमा कहाँ देशको हित जोडिएको छ? तत्काल देशकै लागि के पर्‍यो यो अध्यादेश ल्याउनु भयो? जनताका हितको लागि नगरी नहुने के पर्‍यो? संसदमा ल्याउन सकिन्थ्यो। छोटो बाटो गर्न सकिथ्यो। यसअघि पनि भएका छन्। नियम निलम्बन गरेर ल्याउन सकिन्थ्यो। गणतन्त्र घोषणा गर्दा पनि यसैगरि गरिएको हो। यो यति आवश्यकता थियो कि थिएन आफ्नो ठाउँमा होला तर यत्रो आवश्यकता थिएन। पार्टीको समस्याका लागि संविधान र कानुनको मूल्य मान्यता अस्वस्थ हुनु हुँदैन। मेरो घरमा झगडा हुनसक्छ तर, त्यसका कारण कानुन नै परिर्वतन गर्दिन पर्‍यो भन्ने? 

सरकार विस्तार गर्न पाइएन भनेर कानुन बदल्न पाइन्छ। मन्त्री पनि खाने, सांसद पनि रहने निर्लज्जता र बेइमानताको कुरा हुँदैन। जे भयो असंवैधानिक र अदालतको अवहेलना गर्दै जनताको आवश्यकता बाहिर गएर अध्यादेश आएको छ। एमालेमाथि प्रहार गर्नेगरि संसदको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम भएको हो। अध्यादेश जारी भएपछि एकथरी मानिसलाई पाखुरा समातेर घिसार्दै लगियो। यो हामीले देखेको हो। यो एमाले विरुद्धको अर्मयादित र अनैतिक काम हो। अर्को पार्टी फुटाउने यो अलोकतान्त्रिक काम नेपाली कांग्रेसको नेतृत्वमा भएको छ।

पहिला अध्यादेशबाट शासन चलाउन पाइँदैन भनेको थियो। यसरी संसद् छल्न पाइन्छ? मैले संसद् छलेको हैन, अत्य भएको थियो। मैले ४० प्रतिशत नै कायम राखेको थिएँ। स्थीरता कायम राखेको थिएँ। पार्टी वा संसद् भनेर राखिएको थियो तर अहिले त्यसलाई पनि समाप्त पारियो। अहिले झैं कुत्सित मनसाय राखेर ल्याएको थिइनँ। त्यतिबेला पुष्पकमल दाहालदेखि माधव नेपालसम्मले छतमा टाउको पुग्नेगरि उफ्रिनु भएको थियो। मिडिया र मानव अधिकारकर्मी पनि उफ्रिनु भएको थियो। अहिले त चुप हुनुहुन्छ। इमान हरेकले कायम गर्नुपर्ने होला नि। अरुका लागि हैन आफैलाई राख्ने होला नि। 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका शुक्रबार, भदौ ५, २०८३
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्