काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४३८ नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
११ हजार ९४६ जनाको आरटी पीसीआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार ३२१ र एन्टिजेनबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख २२ हजार २२८ र एन्टिजेनबाट ७८ हजार ३७७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, ६ लाख ९१ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार १२६ जना कोरोनामुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।