काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको स्मरण गराउँदै जात्रा लगायतका पर्वहरु आयोजना गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेका हुन्।
उनले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।