फाइल तस्वीर
काठमाडौं - चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुगको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार (हिजो) राति १२ बजे ८ लाख खोप नेपाल आइपुगको हो। भाेलि थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने बताइएकाे छ।
व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले भने, 'खोप राति १२ बजे आइपुग्यो, अहिले खोप टेकु र केही विमानस्थलकै भण्डारण केन्द्रमा राख्ने तयारी भइरहेको छ।'
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।
नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।