• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तेस्राे लहरकाे जाेखिम : बालबालिकामा बढ्दै संक्रमण

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  ०८:००
1140x725

काठमाडौं - कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा, दोस्रो लहरमा युवा युवती बढी प्रभावित भए। त्यसरी नै कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन गर्न थालिएको छ। 

तेस्रो लहरमा बालबालिकाहरु बढी जोखिममा पर्ने विज्ञहरुले विश्लेषण गर्न समेत थालेका छन्। कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा बालबालिकाहरु नपरेकाले तेस्रो लहरको जोखिममा पर्न सक्ने उनीहरुको तर्क छ। 

तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।

नेपालमा हाल दैनिक तीन हजारको आसपासमा कोरोना संक्रमित भेटिने गरेका छन्। जसमध्ये करिब दुई सय जना २० वर्ष मुनिका संक्रमित हुने गरेका छन्। 

बुधबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टाभित्र देशभर ३ हजार ४०३ कोरोना संक्रमित थपिए। जसमध्ये २१८ जना मात्र २० वर्ष मुनिका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। 

यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्। 

बालबालिका र किशोर किशोरीलाई खोप लगाउने सरकारी पूर्वतयारी
सरकारले बालबालिका र किशोर किशोरीलाई खोप लगाउने पूर्व तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सिफारिस गर्ने खोपको पर्खाइमा छ। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक गौतम बालबालिका र किशोर किशोरीका लागि डब्लुएचओले सिफारिस गर्ने खोपको पर्खाइमा रहेको बताउँछन्। डब्लुएचओले सिफारिस गरेपछि मात्र ती खोपहरु ल्याउने प्रक्रिया थाल्ने उनले बताए। 

उनले भने ‘किशोर किशोरी र बालबालिकालाई खोप लगाउने पूर्व तयारी छ। भोलि आमरुपमा किशोर किशोरी र बालबालिकालाई लगाउन मिल्ने भनेर डब्लुएचओले सिफारिस गरेका खोपहरु ल्याउनका लागि प्रक्रिया थाल्छौं।’

उनका अनुसार डब्लुएचओले हालसम्म १२ देखि १७ वर्ष उमेर समूहका लागि फाइजर खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेको छ। केही मुलुकहरुले विभिन्न खोपहरु बालबालिकाहरुलाई लगाउन थालेको भएपनि आम रुपमा बालबालिका र किशोर किशोरीका लागि लगाइने खोप ट्रायलमै रहेको उनले बताए। 

कहिलेबाट, कुन र कति बालबालिका र किशोर किशोरीलाई खोप लगाइने भन्ने बारे हाल निर्णय भइसकेको उनले बताए। ‘बालबालिका र किशोर किशोरीलाई खोपको आवश्यकता छ। उनीहरुलाई पनि खोपको दायरमा ल्याउन हामीले पूर्व तयारी गरेका छौँ।’ उनले भने, ‘कुन खोप लगाउन हुन्छ भन्ने भएपनि हामी त्यो खोपका लागि चाहिने भण्डारण लगायत योजनामै छौँ।’

सरकारले फाइजर सहित किशोर किशोरीका लागि अमेरिकाको मोडेर्ना खोप खरिदका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केही समयअघि सार्वजनिक गरेको योजना अनुसार फाइजरको ६० लाख र मोडेर्नाको ४० लाख डोज खोप खरिद गर्ने विषयमा प्रारम्भिक प्रक्रिया अगाडि बढेको छ। यसका साथै बालबालिका र किशोर किशोरीका लागि अन्य खोप सिफारिस भएमा ती खोप ल्याउने विषयमा पनि मन्त्रालयले छलफल अगाडि बढाएको छ।

तर तत्कालै यी खोप आउने सम्भावना भने छैन। मन्त्रालयका एक कर्मचारीका अनुसार यी खोप आउन अझै ६ महिनाभन्दा बढी समय लाग्न सक्छ।

तेस्रो लहरमा बालबालिका किन जोखिममा?
कोरोना महामारीको तेस्रो लहरमा बालबालिकाहरु जोखिममा पर्ने धेरैको विश्लेषण छ। कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल तेस्रो लहरमा बालबालिकाहरु जोखिममा पर्नुको मुख्य कारण नै खोपको दायरामा नआउनु बताउँछन्।

उनी भन्छन्, ‘तेस्रो लहरमा बच्चाहरुलाई बढी असर गर्छ भन्ने जुन कुरा छ। यसको एउटै आधार के देख्छु भने उनीहरुका लागि खोप बनेको छैन। त्यो कारणले उनीहरु बढी जोखिममा पर्छ की भन्ने छ।’

कान्ति बाल अस्पतालको ओपिडीमा मात्र हाल दैनिक करिब डेढ सयदेखि २ सय बालबालिका उपचारका लागि आउने गर्छन्। जसमध्ये ५० देखि ६० प्रतिशत बालबालिकाहरु श्वासप्रश्वास सम्बन्धी समस्या भएका हुन्छन्। तर उनीहरु सबैको कोभिड परीक्षण भने गर्न नसकिएको डा अग्रवाल बताउँछन्। 

अस्पतालमा भर्ना हुने बालबालिकाको मात्र कोभिड परीक्षण हुने गरेको छ। डा अग्रवालका अनुसार अस्पताल भर्ना हुने ९० प्रतिशत बालबालिकाको मात्र पिसिआर परीक्षण हुने गरेको छ। जसमध्ये १० प्रतिशत बालबालिकामा कोभिड पोजेटिभ आउने गरेको छ। 

कोरोनाको पहिलो र दोस्रो लहरमा पोजेटिभ हुने बालबालिकाको दर र हालका दिनमा हुने पोजेटिभ दरमा कुनै परिवर्तन नआएको उनी बताउँछन्। कोरोना महामारीको पहिलो र दोस्रो लहरमा पनि परीक्षण गरिएकामध्ये १० देखि १५ प्रतिशत बालबालिकामा मात्र कोरोना पुष्टि हुन्थ्यो। कोरोनाको दोस्रो लहर सकिए नसकिएको कुरा नै यकिन नभएको उनको भनाई छ। 

बालबालिकाहरु कोरोनाको जोखिममा भएपनि कोरोनाले मात्र धेरै असर नगरेको बताउँदै उनले भने, ‘खोपको आधारमा हेर्ने हो भने बालबालिका कोरोनाको जोखिममा छन्। तर कसैलाई कुनै दीर्घ रोग नभएको खण्डमा कोरोनाले मात्र बच्चालाई त्यति हानी गरेको छैन।’

कोरोनाले मात्र बालबालिकालाई असर नगरेको भएपनि पोस्ट कोभिड सिन्ड्रोमको समस्या भने बढ्दै गएको उनी सुनाउँछन्। पहिलोमा भन्दा दोस्रो लहरमा पोस्ट कोभिड सिन्ड्रोमको समस्या बढेको उनले बताए। 

कान्ति बाल अस्पतालले हालसम्म पोस्ट कोभिड सिन्ड्रोमको समस्या भएका ७० जना बालबालिकाको उपचार गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण शुक्रबार, भदौ ५, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
१२ तोला बढी सुन निलेर आएका बंगलादेशी नागरिक पक्राउ, पाँच दिन अस्पतालमा राखिएपछि दिसाबाट निकालियो शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्