काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४०३ जना कोरोना संक्रमित थिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार ८३८ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४२ जनाको मृत्यु भएको छ।
सोही अवधिमा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।