काठमाडौं- कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ को थप दुई सय भाइल नेपाल भित्रिएको छ।
यतिकेम डिस्ट्रीब्यूटर प्रालिले तेस्रो खेपको रुपमा ‘टोसिलिजुमाव इन्जेक्सन’को थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ।
योसँगै यतिकेमले हालसम्म भित्र्याएको इन्जेक्सनको परिणाम एक हजार भाइल पुगेको छ।
विभागले यतिकेमलाई २ हजार भाइल ‘टोसिलिजुमाव इन्जेक्सन’ ल्याउन अनुमति दिएको थियो। यसअघि यतिकेमले हालसम्म ५ सय र ३ सय गरी ७ सय भाइल इन्जेक्सन भित्र्याइसकेको छ।
बाँकी परिणामको इन्जेक्सन ल्याउने तयारी भइरहेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।