काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४५१ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमुना परीक्षण गर्दा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।
१० हजार ९३ जनाको आरटी पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार ५६६ र एन्टिजेनबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।