काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५१२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ३३ जनाले ज्यान गुमाएका छन्।
देशभर हालसम्म ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।