काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १०६ नमुना परीक्षण गर्दा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो।
८ हजार ८८ जनाको आरटी पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट एक हजार ७९३ र एन्टिजेनबाट ४१९ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ३२ हजार २७२ र एन्टिजेनबाट ७५ हजार १३० जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, ६ लाख ८२ हजार ६८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।