काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या साढे ११ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार काठमाडौं उपत्यकामा हाल ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ५७९ सक्रिय संक्रमित रहेका छन्। यता, ललितपुरमा १ हजार ९१८ र भक्तपुरमा १ हजार ३९१ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये ५३५ जना काठमाडौंका मात्रै रहेका छन्। यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।