काठमाडौं- कोरोना संक्रमण न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त बिदाइ तथा स्वागत गर्न रोक लगाइएको छ।
नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भिडभाड कम गर्नको लागि विमानस्थल हातभित्र प्रवेश गरेर आफन्त बिदाइ आफन्त बिदाइ तथा स्वागत गर्न रोक लगाएको जनाएको हो।
प्राधिकरणले यात्रुबाहेक अन्यलाई अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न आग्रह गरेको छ।
‘विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारीहरु, प्राधिकरण कार्यालयका कर्मचारीहरु तथा विमानस्थलको सेवामा खटिनु हुने विभिन्न सरकारी निकायका कर्मचारीहरु र अन्य संघ संस्थाका कर्मचारीहरुलाई कोरोना संक्रमणको जोखिमबाट आफू बच्न र अरुलाई पनि बचाउन उच्च सतर्कता अपनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड पालन गर्न अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ।
प्राधिकरणले विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ।
यस्तै, विमानस्थलमा प्रवेश गर्दा शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश, सेनीटाइजर अनिवार्य प्रयोग गर्न, लाईनमा लाग्दा भिडभाड नगरी तोकिएको मार्किङरसांकेतिक पाइला पछ्याउन र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह पनि आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।