काठमाडौं- सरकारले कोरोनाविरुद्ध खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र अनलाइनबाटै लिन मिल्ने बनाएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरेर प्रमाणपत्र लिन मिल्नेछ।
खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ। अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतः भेरिफाई हुनेछ।
कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई यसअघि मन्त्रालयले विदेश जानेहरूको लागि काठमाडौं उपत्यकामा टेकु अस्पतालबाट प्रमाणीकरण गर्दै आएको थियो।
खोप प्रमाणीकरण गर्नेको संख्या बढेसँगै मन्त्रालयले पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत सेवा दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।