काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १८ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधीबाट ११ हजार ७ सय ८ जनाको परीक्षण गर्दा २ हजार ७६३ र एन्टीजेन बिधीबाट ६ हजार ८७४ जनाको परीक्षण गर्दा १ हजार १५२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार ११८ जना कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।