• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ओलीपक्षको विधान मस्यौदाले झस्काएको छ तर, एकताको ‘च्याप्टर क्लोज’ भएको छैन : युवराज ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, साउन २९, २०७८  १२:२७
1140x725

सत्ताको नेतृत्वमा रहँदादेखिनै जारी रहेको पार्टी विवाद एमाले सत्ताबाट बाहिरिएपछि पनि जारी छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले गठन गरेको विवाद समाधान कार्यदलले १० बुँदे सहमति गरेसँगै विवाद समाधान हुने अपेक्षा नेता-कार्यकर्ताले गरेको भएपनि एमालेको आन्तरिक एकतामा कुनै प्रगति हुनसकेको छैन। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालपक्षले समानान्तर गतिविधिलाई जारी राखेका छन्। 

केही दिन अघि दुबै पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी एकतामा केन्द्रित हुने भनेर दुबै पक्षले निर्णयहरु गरेको भएपनि त्यसअनुरुपका गतिविधि भने सञ्चालन हुन सकेका छैनन्। अध्यक्ष ओलीपक्षले विधान मस्यौदा तयार गर्ने, विभागहरु गठन गर्ने लगायतका काम गरिसकेको छ। यसै सन्दर्भमा नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले नेपालपक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीसँग कुरा गरेका छन्। प्रस्तुत छ ज्ञवालीसँगको कुराकानीको सारसंक्षेप:–

पार्टी एकता हुने समय, परिस्थिति बाँकी छ कि टुंगियो? 

पार्टी एकता अनिवार्य छ। यसबारेमा हाम्रो केन्द्रीय कमिटी बैठक बसेर पार्टी एकतामा केन्द्रित हुने भनेको छ। पार्टी एकतामा अर्को कुरा के भनेको छ भने, कार्यदलले तयार पारेको १० बुँदे सहमति एउटा उपलब्धि हो, त्यसमा उभिएर अघि बढ्नु पर्छ र सम्मानजनक एकता हुनुपर्छ। 

अब व्यक्ति–व्यक्तिको फरक कुरा होलान्, त्यो अलग कुरा हो। पार्टी बैठकको लामो छलफलपछि संस्थागत निर्णय गरेको कुरा के हो भने, १० बुँदे सहमति महत्वपूर्ण उपलब्धि हो। त्यसको जगमा उभिएर सम्मानजनक एकताका लागि त्यसलाई परिमार्जन गर्न जरुरी छ।

उहाँहरुले विधान मस्यौदा तयार गर्नुभएको छ। यसले झस्क्याएको छ, शंका उत्पन्न भएको छ। उहाँहरुले के चाहेको हो? पार्टी एकता गर्न नचाहेको हो कि? भन्ने गम्भीर प्रश्न उठेको छ

हामी सम्मानजनक एकताको पक्षमा छौं। अब पार्टी एकतामै सम्पूर्णरुपमा केन्द्रित हुनुपर्छ। त्यही अनुरुप हाम्रा बोलीबचन, व्यवहारहरु हुनुपर्छ, क्रियाकलाप, गतिविधि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने संस्थागत निर्णय हो। 

यहाँ व्यक्ति व्यक्तिका आ–आफ्ना धारणाहरु हुनसक्छन्। त्यो बेग्लै कुरा हो। स्थायी कमिटी र केन्द्रीय कमिटीको लामो छलफलपछि गरेको निर्णय यही हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष केपी ओली पक्षले विधान मस्यौदा तयार गर्ने भनिसक्नु भयो नि!

यसले अलिकति झस्काएको छ। उहाँहरुले विधान मस्यौदा तयार गर्नुभएको छ। यसले शंका उत्पन्न भएको छ। उहाँहरुले के चाहेको हो? पार्टी एकता गर्न नचाहेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। 

अब यसले केही अवरोध सिर्जना गर्ने काम पनि गरेको छ। तर, यो चाहिँ प्रस्तावमात्र हो। विधान प्रस्तावित कुरा हो। त्यसका लागि विधान महाधिवेशन गर्नुपर्छ। त्यो राष्ट्रिय महाधिवेशनमा गएर मात्र कार्यान्वयन हुने हो। त्यो अहिले लागू हुने विषय होइन। अहिले लागू हुने विधान भनेको नवौं महाधिवेशनको हो। त्यसो भएको हुनाले यति नै कारणले अब चाँही एकता भंग भयो, एकता हुन सक्दैन, ‘च्याप्टर क्लोज’ भयो भन्ने कुराको निष्कर्षमा पुग्न सकिँदैन। अझै पनि एकताको सम्भावना छ। एकता गर्न सकिन्छ। तर, एकता भइसकेपछि यी निर्णयहरु स्वतः खारेज हुन्छन्। 

तपाईंहरुले सम्मानजनक एकता गर्ने भनिरहँदा अब यसले कति समय लिन्छ?

Xtrem

Xtrem

जतिसक्दो छिटो गर्नुपर्छ। किनकी ढिलो गर्दा उता विधान महाधिवेशन गर्नुपर्ने, एक वर्ष भित्रमा महाधिवेशन गर्नुपर्ने लगायतको काम गर्न असहज हुन्छ। अब स्थानीय तहको चुनाव पनि आइरहेको छ, त्यसो भएकाले यसमा ढिलाइ गर्नु हुँदैन। जतिसक्दो चाँडो एकता गर्नुपर्छ। तर, यसका लागि नेतृत्व तयार हुनुपर्छ। खासगरि केपी कमरेड तयार हुनुपर्‍यो। 

केपी कमरेडले एकताको महत्वलाई ख्याल गर्नुपर्‍यो। एमाले यतिबेला विभाजित भयो भने समग्र नेपालको कम्युस्टि आन्दोलनमा ठूलो क्षति पुग्छ। यतिबेलाको विभाजन एमाले र मालेको विभाजन जस्तो होइन। यसबाट धेरै ठूलो नोक्सान हुन्छ। 

एमालेको विभाजित पक्षले माओवादी लगायत वामपन्थीसँग सहकार्य गर्ने, संयुक्त मोर्चा गर्ने र चुनावमा जाने स्थिति बन्छ र वामपन्थीको भोट विभाजित हुन्छ। यसले स्वभाविक रुपमा वामपन्थीहरु आपसको लडाईंले आफैं हार्ने र सकिने अवस्थमा पुग्छन्। त्यो स्थिति देखा पर्दैछ। 

यसका लागि जिम्मेवार को हो त?

यसमा केपी ओली सबैभन्दा जिम्मेवार हुनुपर्छ। उहाँले यो कुरा किन सोचिरहनु भएको छैन, उहाँले के गर्न खोज्नु भएको छ, एउटा गम्भीर प्रश्न उहाँमाथि देखिएको छ। 

एकताको सम्भावना अझै टरेको छैन। एकता गर्ने भनेको ‘कम्प्रमाइज’ नै हो। एमालेमा अहिले दुई समूह भइसक्यो, दुई विचार समूह। अब सहमति नगरि विकल्प छैन। सहमति भनेकै लेनदेन हो

केपी ओलीपक्ष विधान संशोधन गरेर अघि बढिसक्यो, कतिपय नेताहरुले एकताको ‘च्याप्टर क्लोज’ भयो भनिरहनु भएको छ। यति भन्दाभन्दै पनि तपाईंहरु कमजोर भएर हो एकता–एकता भन्नु भएको?

होइन, होइन। एकताको ‘च्याप्टर क्लोज’ भयो भनेर उहाँहरुले भन्नु भएको छैन। त्यो संस्थागत निर्णय पनि होइन। उहाँहरुको केन्द्रीय र स्थायी कमिटीले निर्णय गरेको छ। १० बुँदे सहमतिको आधारमा एकता गर्ने हो, १० बुँदे निर्णय स्वीकृत पनि गरेका छौं भनेर निर्णय गर्नु भएको छ। त्यसो भएकाले एकता गर्ने हो भने त्यसकै आधारमा गर्नुपर्छ भन्ने उहाँहरुको कुरा छ। एकताको ‘च्याप्टर’ सकियो भन्ने कुरा छैन। व्यक्तिहरु गैरजिम्मेवार ढंगले बोलिरहेका छन्। माधव नेपाल विनाको एकता हो, माधव नेपाललाई ठाउँ छैन जस्ता अत्यन्त अराजनीतिक, विखण्डनकारी, विभाजनकारी प्रवृत्ति, चिन्तन र अभिव्यक्तिहरु आइरहेका छन्। ति विल्कुल गलत हुन्। त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई बर्बाद गर्ने कुरामा मात्र सघाउ पुर्‍याउँछ, त्यसले राम्रो केही पनि गर्दैन। 

‘कम्प्रमाइज’ गरेर एकता गर्ने अवस्था बन्छ कि सम्भावना टर्दै गयो?

छ, त्यो सम्भावना अझै टरेको छैन। एकता गर्ने भनेको ‘कम्प्रमाइज’ नै हो। एमालेमा अहिले दुई समूह भइसक्यो, दुई विचार समूह। अब सहमति नगरि विकल्प छैन। सहमति भनेकै लेनदेन हो। कसैले केही छोड्ने, कसैले केही भन्ने हो। एउटा पक्षमात्र जितेको अवस्थामा ‘कम्प्रमाइज’ हुँदैन। सहमति हुँदैन। सहमति नभइ एकता हुँदैन। यो त वैज्ञानिक कुरा हो। 

तपाईंहरुका कारण सरकार विस्तारमा ढिलाइ भयो भन्ने कुरा आइरहेको छ, सत्य हो?

यो एकदम गलत कुरा हो। यसमा कुनै सत्यता छैन। कांग्रेस, माओवादी र जसपाको आन्तरिक कारणले गर्दा हो ढिलाइ भएको। हामीले त औपचारिक रुपमा नै सरकार बनाउनुस्, मन्त्री बनाउनुस् भनिसकेका छौं। भित्रभित्र नेताहरुले कसले के कुरा गर्नु भएको छ, त्यो अलग कुरा हो। तर, हाम्रो बैठकले अहिले सरकारमा नजाने भन्ने निर्णय गरेको छ। यो हाम्रो संस्थागत निर्णय हो।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्