• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
ओलीपक्षको विधान मस्यौदाले झस्काएको छ तर, एकताको ‘च्याप्टर क्लोज’ भएको छैन : युवराज ज्ञवाली [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शुक्रबार, साउन २९, २०७८  १२:२७
1140x725

सत्ताको नेतृत्वमा रहँदादेखिनै जारी रहेको पार्टी विवाद एमाले सत्ताबाट बाहिरिएपछि पनि जारी छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले गठन गरेको विवाद समाधान कार्यदलले १० बुँदे सहमति गरेसँगै विवाद समाधान हुने अपेक्षा नेता-कार्यकर्ताले गरेको भएपनि एमालेको आन्तरिक एकतामा कुनै प्रगति हुनसकेको छैन। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालपक्षले समानान्तर गतिविधिलाई जारी राखेका छन्। 

केही दिन अघि दुबै पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी एकतामा केन्द्रित हुने भनेर दुबै पक्षले निर्णयहरु गरेको भएपनि त्यसअनुरुपका गतिविधि भने सञ्चालन हुन सकेका छैनन्। अध्यक्ष ओलीपक्षले विधान मस्यौदा तयार गर्ने, विभागहरु गठन गर्ने लगायतका काम गरिसकेको छ। यसै सन्दर्भमा नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले नेपालपक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीसँग कुरा गरेका छन्। प्रस्तुत छ ज्ञवालीसँगको कुराकानीको सारसंक्षेप:–

पार्टी एकता हुने समय, परिस्थिति बाँकी छ कि टुंगियो? 

पार्टी एकता अनिवार्य छ। यसबारेमा हाम्रो केन्द्रीय कमिटी बैठक बसेर पार्टी एकतामा केन्द्रित हुने भनेको छ। पार्टी एकतामा अर्को कुरा के भनेको छ भने, कार्यदलले तयार पारेको १० बुँदे सहमति एउटा उपलब्धि हो, त्यसमा उभिएर अघि बढ्नु पर्छ र सम्मानजनक एकता हुनुपर्छ। 

अब व्यक्ति–व्यक्तिको फरक कुरा होलान्, त्यो अलग कुरा हो। पार्टी बैठकको लामो छलफलपछि संस्थागत निर्णय गरेको कुरा के हो भने, १० बुँदे सहमति महत्वपूर्ण उपलब्धि हो। त्यसको जगमा उभिएर सम्मानजनक एकताका लागि त्यसलाई परिमार्जन गर्न जरुरी छ।

उहाँहरुले विधान मस्यौदा तयार गर्नुभएको छ। यसले झस्क्याएको छ, शंका उत्पन्न भएको छ। उहाँहरुले के चाहेको हो? पार्टी एकता गर्न नचाहेको हो कि? भन्ने गम्भीर प्रश्न उठेको छ

हामी सम्मानजनक एकताको पक्षमा छौं। अब पार्टी एकतामै सम्पूर्णरुपमा केन्द्रित हुनुपर्छ। त्यही अनुरुप हाम्रा बोलीबचन, व्यवहारहरु हुनुपर्छ, क्रियाकलाप, गतिविधि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने संस्थागत निर्णय हो। 

यहाँ व्यक्ति व्यक्तिका आ–आफ्ना धारणाहरु हुनसक्छन्। त्यो बेग्लै कुरा हो। स्थायी कमिटी र केन्द्रीय कमिटीको लामो छलफलपछि गरेको निर्णय यही हो। 

Ncell 2
Ncell 2

अध्यक्ष केपी ओली पक्षले विधान मस्यौदा तयार गर्ने भनिसक्नु भयो नि!

यसले अलिकति झस्काएको छ। उहाँहरुले विधान मस्यौदा तयार गर्नुभएको छ। यसले शंका उत्पन्न भएको छ। उहाँहरुले के चाहेको हो? पार्टी एकता गर्न नचाहेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। 

अब यसले केही अवरोध सिर्जना गर्ने काम पनि गरेको छ। तर, यो चाहिँ प्रस्तावमात्र हो। विधान प्रस्तावित कुरा हो। त्यसका लागि विधान महाधिवेशन गर्नुपर्छ। त्यो राष्ट्रिय महाधिवेशनमा गएर मात्र कार्यान्वयन हुने हो। त्यो अहिले लागू हुने विषय होइन। अहिले लागू हुने विधान भनेको नवौं महाधिवेशनको हो। त्यसो भएको हुनाले यति नै कारणले अब चाँही एकता भंग भयो, एकता हुन सक्दैन, ‘च्याप्टर क्लोज’ भयो भन्ने कुराको निष्कर्षमा पुग्न सकिँदैन। अझै पनि एकताको सम्भावना छ। एकता गर्न सकिन्छ। तर, एकता भइसकेपछि यी निर्णयहरु स्वतः खारेज हुन्छन्। 

तपाईंहरुले सम्मानजनक एकता गर्ने भनिरहँदा अब यसले कति समय लिन्छ?

shivam cement

shivam cement

जतिसक्दो छिटो गर्नुपर्छ। किनकी ढिलो गर्दा उता विधान महाधिवेशन गर्नुपर्ने, एक वर्ष भित्रमा महाधिवेशन गर्नुपर्ने लगायतको काम गर्न असहज हुन्छ। अब स्थानीय तहको चुनाव पनि आइरहेको छ, त्यसो भएकाले यसमा ढिलाइ गर्नु हुँदैन। जतिसक्दो चाँडो एकता गर्नुपर्छ। तर, यसका लागि नेतृत्व तयार हुनुपर्छ। खासगरि केपी कमरेड तयार हुनुपर्‍यो। 

केपी कमरेडले एकताको महत्वलाई ख्याल गर्नुपर्‍यो। एमाले यतिबेला विभाजित भयो भने समग्र नेपालको कम्युस्टि आन्दोलनमा ठूलो क्षति पुग्छ। यतिबेलाको विभाजन एमाले र मालेको विभाजन जस्तो होइन। यसबाट धेरै ठूलो नोक्सान हुन्छ। 

एमालेको विभाजित पक्षले माओवादी लगायत वामपन्थीसँग सहकार्य गर्ने, संयुक्त मोर्चा गर्ने र चुनावमा जाने स्थिति बन्छ र वामपन्थीको भोट विभाजित हुन्छ। यसले स्वभाविक रुपमा वामपन्थीहरु आपसको लडाईंले आफैं हार्ने र सकिने अवस्थमा पुग्छन्। त्यो स्थिति देखा पर्दैछ। 

यसका लागि जिम्मेवार को हो त?

यसमा केपी ओली सबैभन्दा जिम्मेवार हुनुपर्छ। उहाँले यो कुरा किन सोचिरहनु भएको छैन, उहाँले के गर्न खोज्नु भएको छ, एउटा गम्भीर प्रश्न उहाँमाथि देखिएको छ। 

एकताको सम्भावना अझै टरेको छैन। एकता गर्ने भनेको ‘कम्प्रमाइज’ नै हो। एमालेमा अहिले दुई समूह भइसक्यो, दुई विचार समूह। अब सहमति नगरि विकल्प छैन। सहमति भनेकै लेनदेन हो

केपी ओलीपक्ष विधान संशोधन गरेर अघि बढिसक्यो, कतिपय नेताहरुले एकताको ‘च्याप्टर क्लोज’ भयो भनिरहनु भएको छ। यति भन्दाभन्दै पनि तपाईंहरु कमजोर भएर हो एकता–एकता भन्नु भएको?

होइन, होइन। एकताको ‘च्याप्टर क्लोज’ भयो भनेर उहाँहरुले भन्नु भएको छैन। त्यो संस्थागत निर्णय पनि होइन। उहाँहरुको केन्द्रीय र स्थायी कमिटीले निर्णय गरेको छ। १० बुँदे सहमतिको आधारमा एकता गर्ने हो, १० बुँदे निर्णय स्वीकृत पनि गरेका छौं भनेर निर्णय गर्नु भएको छ। त्यसो भएकाले एकता गर्ने हो भने त्यसकै आधारमा गर्नुपर्छ भन्ने उहाँहरुको कुरा छ। एकताको ‘च्याप्टर’ सकियो भन्ने कुरा छैन। व्यक्तिहरु गैरजिम्मेवार ढंगले बोलिरहेका छन्। माधव नेपाल विनाको एकता हो, माधव नेपाललाई ठाउँ छैन जस्ता अत्यन्त अराजनीतिक, विखण्डनकारी, विभाजनकारी प्रवृत्ति, चिन्तन र अभिव्यक्तिहरु आइरहेका छन्। ति विल्कुल गलत हुन्। त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई बर्बाद गर्ने कुरामा मात्र सघाउ पुर्‍याउँछ, त्यसले राम्रो केही पनि गर्दैन। 

‘कम्प्रमाइज’ गरेर एकता गर्ने अवस्था बन्छ कि सम्भावना टर्दै गयो?

छ, त्यो सम्भावना अझै टरेको छैन। एकता गर्ने भनेको ‘कम्प्रमाइज’ नै हो। एमालेमा अहिले दुई समूह भइसक्यो, दुई विचार समूह। अब सहमति नगरि विकल्प छैन। सहमति भनेकै लेनदेन हो। कसैले केही छोड्ने, कसैले केही भन्ने हो। एउटा पक्षमात्र जितेको अवस्थामा ‘कम्प्रमाइज’ हुँदैन। सहमति हुँदैन। सहमति नभइ एकता हुँदैन। यो त वैज्ञानिक कुरा हो। 

तपाईंहरुका कारण सरकार विस्तारमा ढिलाइ भयो भन्ने कुरा आइरहेको छ, सत्य हो?

यो एकदम गलत कुरा हो। यसमा कुनै सत्यता छैन। कांग्रेस, माओवादी र जसपाको आन्तरिक कारणले गर्दा हो ढिलाइ भएको। हामीले त औपचारिक रुपमा नै सरकार बनाउनुस्, मन्त्री बनाउनुस् भनिसकेका छौं। भित्रभित्र नेताहरुले कसले के कुरा गर्नु भएको छ, त्यो अलग कुरा हो। तर, हाम्रो बैठकले अहिले सरकारमा नजाने भन्ने निर्णय गरेको छ। यो हाम्रो संस्थागत निर्णय हो।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित शनिबार, जेठ ३, २०८२
प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्