काठमाडौं- पाकिस्तान सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बिहीबार पाकिस्तान सरकारले नेपाललाई ३० भेन्टिलेटर र ३० सीपीएपी मेसिन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
पाकिस्तानले पठाएको उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बुझेका थिए।
नेपाल सरकारले स्वास्थ्य सामग्री र कोरोना महामारीविरूद्ध लड्न सघाएकोमा पाकिस्तानी सरकारलाई धन्यवाद समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।