काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप केन्द्र बढाइने दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खोप व्यवस्थाबारे जानकारी दिन सातै केन्द्रमा जिम्मेवारी तोकिएको उनले बताए। परीक्षा दिने र आर्थिक गतिविधिमा संलग्न हुनेलाई खोप दिने तयारी गरिएको राज्यमन्त्री श्रेष्ठले बताए।
विश्वविद्यालयका विद्यार्थीहरूलाई अब छिट्टै खोप दिइने उनको भनाइ छ। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खोप केन्द्रले अब खोप लगाउने उनले दाबी गरे।
कोभिशिल्ड मौज्दात रहेमा विद्यार्थीहरूलाई दिइने उनले जानकारी दिए। वीर अस्पतालमा एकसय बेडको आईसीयू र एकसय बेडको एचडीयू राखिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।