काठमाडाैं– कोभिड–१९ विरोधी रुसी खोप स्पुतनिक भी कोरोना भाइरसको डेल्टा भेरिएन्टप्रति ८३ प्रतिशतसम्म प्रभावकारी पाइएको छ।
रुसी स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन्।
यो दर यसअघि अनुमान गरिएको भन्दाचाहिँ कम हो।
गत जुनमा खोप निर्माता कम्पनीले डेल्टा भ्यारिएन्ट विरुद्ध यो खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको बताएका थिए।
कोरोना भाइरसको सबै प्रकार विरुद्ध खोप सुरक्षित र प्रभावकारी भएको निर्माता कम्पनी गामालेय इन्ष्टिच्युटका निर्देशकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।