काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ९ सय ७ जनाको परीक्षण गर्दा २ हजार ६ सय १६ र एन्टीजेन बिधीबाट ५७४९ जनाको परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। त्यस्तै एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।