फाइल तस्बिर
बागमती- बागमती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने १२३ जनालाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवाना लिएर कारबाही गरेको छ।
यसैगरी आज ८९९ थान मास्क वितरण गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।