फाइल तस्बिर
काठमाडौं- काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने व्यवस्थालाई निरन्तरता दिइएको छ।
कोरोना भाइरसको संक्रमण पुन: बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै शैक्षिक संस्थाहरुमा गरिएको कडाइलाई निरन्तरता दिएको हो।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेध आदेशमा शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी भएयता शैक्षिक संस्थाहरुले 'भर्चुअल' माध्यमबाट पठनपाठन सञ्चालन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।